हेटौंडामा नेपाल जेसीज पूर्व अध्यक्ष खनाल सम्मानित

नेपाल कलम
नेपाल कलम २९ भाद्र २०८० शुक्रबार २२:१६
1 Min Read
Aa

हेटौंडा/ नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल हेटौंडामा सम्मानित भएका छन् । नेपाल डिस्ट्रिक अफ अप्टिमिस्ट इन्टरनेशनलको हेटाैंडामा भएको दोस्रो डिस्ट्रिक महाधिवेशनबाट मानार्थ सदस्यतासहित सम्मानित भएका हुन् ।

बीसहजार जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीज वर्ष सन् २०२१ का अध्यक्ष समेत रहेका उनलाई सम्मान गरिएको हो । सम्मानित भएपछि खनालले खुसी व्यक्त गरे । जेसीज र अप्टिमिस्ट दुवै सामाजिक संस्था भएको उल्लेख गर्दै उनले सामाजिक कार्यमा हातेमालो गर्न जरुरी रहेको धारणा राखे ।

सम्मानका लागि उनले आयोजकलाई धन्यवाद ज्ञापन समेत गरे । शुक्रबारबाट सुरु भएको अप्टिमिस्टको दोस्रो महाधिवेशनले दुईबर्षे कार्यकालको लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्