शिक्षहरुसँग सरकारले तत्काल वार्ता गरेर निकास खोज्नुपर्ने:एमाले सचेतक बर्तौला

नेपाल कलम
नेपाल कलम ३ आश्विन २०८० बुधबार १९:१०
1 Min Read
Aa

हेटौंडा/नेकपा एमालेका सचेतक समेत महेश बर्तौलाले आन्दोलनरत शिक्षहरुसँग सरकारले तत्काल वार्ता गरेर निकास खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

सांसद बर्तौलाले शिक्षकहरुले अघि सारेका जायज माग पुरा हुनुपर्ने भन्दै आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता रहेको समेत जनाएका छन् ।

‘संसदमा दर्ता भएको शिक्षा विधेयक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, विश्वसनीयता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिन्छ’, बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘एउटा सांसद हुँदाको नाताले विधेयक भित्र बसेर उपयुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भूमिका निर्वाह गर्ने विषय छदैछ तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई विधेयकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागि सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।’

सचेतक बर्तौलाले विद्यार्थीहरूको पढ्न पाउने अधिकारप्रति पनि आन्दोलनरत नेपाल शिक्षकहरुले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्