एमाले बागमती अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने

नेपाल कलम
नेपाल कलम १० आश्विन २०८० बुधबार १६:१६
1 Min Read
Aa

काठमाडौँ /नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमा हुने भएको छ । एमाले बागमती प्रदेश अधिवेशनको मतदान पार्टी मुख्यालय च्यासलमा भोलि बिहीबार हुने भएको छ । मतदान बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । यस्तै एमाले बागमती प्रदेशले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । बिहान ८ बजे मतादाता नामावली प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको थियो । प्रदेश अधिवेशनका लागि ११ सय ६५ मतदाताको सूची टाँसिएको थियो ।

प्रतिक्रिया दिनुहोस्