
हेटौंडा/मकवानपुरमा थप ९ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, मकवानपुरगढी, मनहरी, बकैया र राक्सिराङ गाउँपालिकाका एक÷एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ५३० पुगेको छ । जसमा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्