बागेश्वरी महिला साकोसको १५ औं साधारणसभा सम्पन्न

नेपाल कलम
नेपाल कलम १४ आश्विन २०८० आईतवार २१:४५
2 Min Read
Aa

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा भएको छ ।
संस्थाका अध्यक्ष आशाकुमारी अधिकारीको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको हो । सहकारीको ३ करोड ९ लाख ७१ हजार ९ सय शेयर पुजीँ रहेको छ । सहकारीले आफ्ना सदस्यलाई २१ करोड ४४ लाख ९ हजार ९ सय ९४ रुपैयाँ ऋण लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले जानकारी दिइन् । बागेश्वरी साकोसले साधारणसभाको अबसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
संस्थाले खबर सहकारी डटकमका सम्पादक श्रीराम अर्जुन, संस्थाका कर्मचारी बचत प्रवद्र्धक शान्ता सापकोटा सहित विभिन्न विधामा शेयर सदस्यलाई सम्मान गरेको हो । सहकारीले ४० जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको थियो ।

उत्कृष्ट नियमित बचततर्फ गोलाप्रथाबाट पाँच जनालाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट खुत्रुके बचतकर्ता पाँच जना, शिक्षा बचतकर्ता २ जना, गहना बचतकर्ता २ जना, जीवन साहारा बचतकर्ता ३ जना, उत्कृष्ट व्यवसायी सदस्य ३ जना, ऋण कारोबार व्यवसायी ३ जना, प्लस टुमा उत्कृष्ट अंक ल्याउने २ जना, सुनौलो भविष्य बचत गर्ने १८ जना बालबालिका, मोवाइल बैंकिङ प्रयोगकर्ता ५ जना, सहकारीको ड्रेसलगाएर सभामा सहभागी जनाउने २ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सहकारीले पाँच जना सफल व्यवसायीलाई पनि सम्मान गरेको छ । च्याउखेती गर्ने कान्छीमाया मुक्तान, सुन व्यवसायी शर्मिला विक, गाईपालन गर्ने सुनिता बर्तौला, च्याउखेती गर्ने देवीमाया श्रेष्ठ, चटपटे व्यवसाय गर्ने लक्ष्मी अर्जेललाई सम्मान गरिएको थियो । सभामा वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, वडासदस्य गोपिनी सापकोटा, जिल्ला सहकारी संघका सदस्य बिमला कार्की, नेफ्स्कुन फिल्ड कार्यालय उपसमिति सदस्य राजु गौतम, नवयुवा साकोसका अध्यक्ष फूलमान श्रेष्ठ, उपयोगी सह्रसाब्दी साकोस अध्यक्ष दिनेश विडारी, सल्लाहकार सीताराम बर्तौलालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्