त्रिशुली नदिमा हाम फाल्दा हेटौंडाका एक पुरुष बेपत्ता

नेपाल कलम
नेपाल कलम १६ आश्विन २०८० मंगलवार १६:२०
1 Min Read
Aa

त्रिशुली नदिमा हाम फाल्दा हेटौंडाका एक पुरुष बेपत्ता
हेटौंडा÷त्रिशुली नदिमा हाम फाल्दा हेटौंडाका एक पुरुष बेपत्ता भएका छन् । हेटौंडा–२ चौकीटोलका ३८ बर्षीय निरञ्जन देवकोेटा बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको हो ।

धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित नयाँपुलबाट सोमबार बिहान साढे ६ बजेको समयमा देबकोेटा त्रिशुली नदिमा हाम फालेको प्रहरीले जनाएको छ । बा.प्र. ०३–००५ प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलको बिचमा छाडेर त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्