नगस्वती भेट्रान्स फुटबल ः विरगञ्च पराजित

नेपाल कलम
नेपाल कलम १७ आश्विन २०८० बुधबार १६:४१
1 Min Read
Aa

हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स फुटबल प्रतियोगितामा विरगञ्च युथ एकेडेमी क्लब बगर भाई भेट्रान्स पोखारा सँग पराजित भएको छ ।  बुधबार हेटौंडा–७ नागस्वती स्थित नवज्योति खेल मैदानमा भएको दोस्रो खेलमा बिरगञ्ज युथ एकेडेमी बगर भाइ पोखरा संग ५–० गोल अन्तरले पराजित भएको हो ।

बगर भाइले पहिलो हाफको ८ औँ मिनेटमा आत्माघाती गोल प्राप्त गर्यो । त्यस्तै खेलको पहिलो हाफको ३४ औँ मिनेटमा बगरभाइको तर्फबाट राजकुमार तामाङले १ गोल गरे भने दोस्रो हाफको ४३ औँ मिनेटमा नरेश केसीले १ गोल गरेका थिए । त्यस्तै खेलको दोस्रो हाफको ४६ औँ मिनेटमा र ४८ औँ मिनेटमा गम्भीर परियारले २ गोल गर्दै टिमलाई विजयी गराए । खेलको म्यान अफ द म्याच परियार घोषित भए ।
बिरगञ्ज युथ एकेडेमी बगर भाई पोखरा सँग पराजित भए संगै खेलबाट बाहिरीयो । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले २ लाख १हजार रुपैया र उपविजेता टिमले १ लाख १ हजार रुपैयाँ सहित ट्रफि , मेडल तथा प्रमाण–पत्र प्राप्त गर्नेछन् । अहिले आयोजक नागस्वती भेट्रान्स ए र एनजेजे वाइ भेट्रान्स सिमरा बिच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्