हेटौंडा–१९ र मनहरी–३ जोड्ने पक्की पुल ८ करोड लागतमा निर्माण हुँदै

नेपाल कलम
नेपाल कलम १७ आश्विन २०८० बुधबार १६:४६
1 Min Read
Aa

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ बस्तिपुर र मनहरी गाउँपालिका वडा नम्बर–३ भुन्द्रङ जोड्ने पुल निर्माण गरिने भएको छ । यहाँका स्थानीयहरुको वर्षौ देखिको समस्यालाई समाधान गर्नका लागि पुल निर्माण गर्न लागिएको हो ।

बागमती प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय चितवनले चालु आर्थिक वर्षमा टेण्डर मार्फत पुल निर्माणको काम थाल्दै छ । ८ करोड रुपैयाँ लागतमा पुल निर्माणको काम गर्न लागिएको हो ।

पुल निर्माण भएपछी हेटौंडा उपमहानगरपािलका क्षेत्र र मनहरी गाउँपालिकाका नागरिकलाई ओहोर दोहोर गर्न र सवारी साधान वारपार गर्नका लागि सहज हुने मनहरी गाउँपालिका वडा नम्बर–३ वडा अध्यक्ष अनन्त अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्