हेटौंडा- १९  मा सवारी दुर्घटना हुँदा ९ जना घाइते

नेपाल कलम
नेपाल कलम १७ आश्विन २०८० बुधबार १६:५०
1 Min Read
Aa

हेटौंडा /पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ सान्नानीटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दिउँसो १२ः१५ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ३१६७ नम्वरको म्याजिक साईडमा रोकी पेसेन्जर चढाईरहेको अवस्थामा सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ९६८४ नम्वरको ट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा ९ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते हुनेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने २१ वर्षीया रिता राना मगर, हेटौंडा–११ थानाभर्याङ बस्ने ३६ वर्षीय बिमल पुलामी मगर, हेटौंडा–१९ नेवारपानी बस्ने ३५ वर्षीय होईसेल लामा, ३३ वर्षीय लोकबहादुर मोक्तान र लोकबहादुरको २ वर्षीया छोरी कुश्मि मोक्तान रहेका छन् । यसैगरी, हेटौंडा–१९ नेवारपानी बस्ने ५६ वर्षीया ठुलिमाया बम्जन, ५६ वर्षीया लालकुमारी स्याङतान, ३० वर्षीया कबिता नेगी र म्याजिक चालक मनहरी–९ खरंगा बस्ने ४३ वर्षीय अम्बर सिंह डागी घाइते भएका छन् ।

घाइतेमध्ये हेटौंडा–११ बस्ने लोकबहादुरको छोरी कुश्मि मोक्तान र हेटौंडा–१९ बस्ने ठुलिमाया बम्जनलाई हेटौंडा अस्पतालमा उपचार पश्चात थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । अन्यको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्