नगस्वती भेट्रान्स फुटबल ः ट्राइब्रेकरबाट आयोजक नागस्वती विजयी

नेपाल कलम
नेपाल कलम १८ आश्विन २०८० बिहीबार १८:१०
1 Min Read
Aa

हेटौंडा/हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स फुटबल राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक टिम नागस्वती भेट्रान्स( ए ) ले आफुलाइ विजयी गराउदै सेमिफाइालमा प्रवेश गर्न सफल भएको छ । आयोजक समूह नागस्वती भेट्रान्स र अभिषेक चर्चको भिडन्तमा ट्राइबेकरमा १– २ गोल अन्तरले विजयी हुदै .सेमिफाइनलमा प्रवेश गरेको हो ।
हेटौंडा–७ नागस्वती स्थित नवज्योति मैदानमा जारी खेल आज बिहिबारको खेल हटिया १६ रङ्गशालामा भएको हो । नागस्वती (बि) खेलाडीले पहिलो हाफ हुनु अघिनै खेलको २१ औ मिनेटमा खेलाडी सुविन घिमिरेले पहिलो १ गोल गरे । त्यस्तैगरी नागस्वती (ए)का अर्का खेलाडी प्रकाश रानाले दोश्रो हाफको ३३ औ मिनेटमा १ गोल गरे । खेलको ४७ औ मिनेटमा अभिषेक चर्चका खेलाडी सुरेश कुमार श्रेस्ठले १ गोल गरे । खेलको ५३ औ मिनेटमा अभिषेकले पेनाल्टी सुटआउटको मौका पायो । खेलाडी धनबहादुर महतले१ गोल गर्दै खेललाइ बराबरीमा पुर्याए पछी ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरको पेनाल्टी सुटआउटमा नागस्वतीले २ गोल र अभिषेकले १ गोल गर्यो ।

प्रतिक्रिया दिनुहोस्