भोलिबाट तेक्वान्दो प्रतियोगिता

नेपाल कलम
नेपाल कलम १८ आश्विन २०८० बिहीबार २३:२७
1 Min Read
Aa

हेटौंडा/मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भोलि शुक्रबारबाट १६ औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हेटौंडामा सञ्चालन हुँदैछ । हेटौंडाको पारिजातपथ स्थित कबर्डहलमा दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर जिल्लाका २२ वटा डोजाङका ३ सय १५ जना खेलाडीले सहभागीता जनाउने आयोजकले बताएको छ।

पुरुष र महिला खेलाडीले विभिन्न विधागत ११ वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । दुई वटा रिङमा खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई मेडल प्रदान गरिने छ । ‘जिल्लास्तरीय प्रतियोगिता आयोजना हुँदा हरेक बच्चाहरुले खेलको अनुभव बट्ल्ने गर्दछन् । यसखेलबाट आमन्त्रीत प्रतियोगिता र राष्ट्रिय खेलको प्रतियोगिताको लागि खेलाडी छनौटको लागि सहयोग पुग्नेछ ।’ उनले भने –‘प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई क्याम्पमा राख्नेछाँै ।’ प्रतियोगितामा १५ जना निर्णायक रहने छन् ।

प्रतियोगिताको लागि करिव २ लाख २० हजार खर्च लाग्ने अनुमान गरिएको छ । आयोजकले खेलाडीको लागि निःशुल्क खाना र बासको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्