हेटौंडा–१३ मा घरायसी विवाद हुँदा आफ्नै बाबुमाथि खुर्पा प्रहार

नेपाल कलम
नेपाल कलम २० आश्विन २०८० शनिबार १८:०२
1 Min Read
Aa

हेटौंडा/मकवानपुरको हेटौंडामा एक पुरुषले आफ्नै बाबुमाथि खुर्पा प्रहार गरेर फरार भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं.१३ मुस्कान टोलका ३५ बर्षीय दिपक मोक्तानले आफ्नै बाबु ६५ बर्षीय जित बहादुर मोक्तानमाथि खुर्पा प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार बुवा छोराबीच घरायसी विवाद हुँदा दिपकले जित बहादुरको काँधमा खुर्पा प्रहार गरेका हुन् । जित बहादुरको मध्यम घाइते भएका छन् । उनको उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ । खुर्पा प्रहार गर्ने छोरा दिपक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्