
हेटौँडा/बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । सोमबार बैठक करिब ७ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । सोमबार बैठकमा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न विधेयक समितिको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गरेका गरेका थिए ।
त्यस्तै सोमबार नै बसेको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलले ईजराईल र प्यालेस्टाइन युद्धमा परेका नेपालीहरूको यथार्थ अवस्था सार्वजनिक गर्न घाइतेहरू उपचारको व्यवस्था गर्न लागि प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्