इजरायलमा रहेका नेपालीको उद्धार गर्न एमाले बागमतीको माग

नेपाल कलम
नेपाल कलम २२ आश्विन २०८० सोमबार १६:५०
1 Min Read
Aa

हेटौंडा/इजरायलमा हालै भएको आक्रमणको घटनाप्रति नेकपा एमाले बागमती प्रदेशले दुख व्यक्त गरेको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको नेकपा एमालेले सोमबार एक विज्ञप्ती जारी गर्दै इजरायलमा हालै भएको आक्रमणमा परी १० जना नेपालीहरुको निधन भएको,केहि घाइते भएको तथा केहि सम्पर्क विहीन भएको घटनाप्रति नेकपा एमाले बागमती प्रदेश गहिरो दुख व्यक्त गरेको हो ।

दलका नेता जगन्नाथ थपलियाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘‘परदेशमा रहेर अध्ययन तथा श्रम गरिरहेका नेपाली नागरिकहरुमाथि आइलागेको यो विषम् परिस्थितिको गम्भीरतालाई बुझ्न र तत्काल उद्धारका लागि पहल गर्न नेकपा(एमाले) सरकारसँग जोडदार माग गर्दछ ।’’ एमालले मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रवन्ध गर्न र गराउन प्रदेश सरकारमार्फत् नेपाल सरकारलाई अनुरोध समेत गरेको छ । यसैगरी रोजगारी, अध्ययन एवं अन्य शीलशीलामा इजरायल गएका नागरिकहरुलाई तत्काल स्वदेश फिर्ता ल्याउन नेकपा (एमाले)ले माग गरेको छ ।

‘‘हिंसात्मक आक्रममामा परी दुःखद निधन भएका नेपाली विद्यार्थीप्रति एमाले बागमती प्रदेश हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ साथै परीवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । इजरायलमा सम्पर्कविहीन रहेकाहरुकोे खोजी र त्यहाँ रहेकासबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गरी फर्काउने व्यवस्था गर्न समेत नेकपा(एमाले) नेपाल सरकारसमक्ष आग्रह गर्दछ । ’’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्