
हेटौंडा/प्रहरीले सोमबार राति हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्राभेट ३९ वटासहित एक युवकलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका–७ घर भएका ३२ वर्षीय रञ्जित चौरसिया रहेका छन् । शंकास्पद अवस्थामा पैदल हिँडिरहेका चौरसियालाई उनलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्