
हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले चाडपर्वमा शान्तिसुरक्षालाई मजबुद बनाउने कार्य अगाडि बढेको बताएका छन् ।चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको र चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, चोरी, डकैती, कुटपिट लगायतका घटना नियन्त्रण गर्न मकवानपु प्रहरीले विशेषसुरक्षा योजना बनाएको रिजालले बैठकमा जानकारी गराएका छन् । सुरक्षा व्यवस्थापनका लागि जिल्लाका १० वटै स्थानीय तहमा प्रहरी खटिने छन् । जसमध्ये सबैभन्दा धेरै प्रहरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिकामा खटिने छन् ।
एसपी रिजालको कमाण्डमा जिल्लाभर १० जना, प्रहरी नायव उपरीक्षकको कमाण्डमा २० जना, प्रहरीनिरीक्षकको कमाण्डमा १५ जना, जुनियर प्रहरी अधिकृतको कमाण्डमा ६४ जना प्रहरीहरु खटिने रिजालले बताए । मकवानपुर प्रहरी प्रमुख एसपी रिजालले चाडपर्व लक्षित केही सुरक्षा योजनाहरु आइतबारबाटै कार्यान्वयन भइसकेको जानकारी दिए । मकवानपुर प्रहरीले चारवटा यात्रु सहायकता कक्ष स्थापना गरेको छ । हेटौंडा–१४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको जनाएको छ । हेटौंडा–११ थानाभ¥याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ ।

सुरक्षा नाका, अस्पतालका बिरामी रेफर, लामो दूरी सवारी जाँच, यात्रु सहायता कक्षजस्तासुरक्षाकार्यमा प्रहरी खटाइएको एपसी रिजालले बताए । एसपी रिजालले चाडपर्वको समयमा यात्रुसँग बढी भाडा असुल गर्ने र विचौलियालाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाए । राज्यले तोकेकोभन्दा बढी भाडा लिने र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने उनले बताएका हुन् । उनले रुट परमिटका कारण धेरै सवारी चाडपर्वको समयमा दुर्घटना हुनेगरेको जानकारीमा आएकाले त्यसलाई कसरी ‘कन्ट्रोल’ गर्ने ? भन्ने विषयमा योजना बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्