
हेटौंडा/उत्तरी मकवानपुरको कैलाश गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा कैलाश गाउँपालिका वडा नं १० भवङ बस्ने २३ बर्षीय हिक्मत भोलन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार विहान १० बजेको समयमा सामुहिक रुपमा भोलनको घरदेखि करिब एक सय मिटर उत्तरतर्फ बारीमा आगो बालेर तापीरहेको अवस्थामा एक १७ वर्षका किशोरले बलिरहेको आगोमा पेट्रोल खन्याउँदा दन्किएको आगो भोलनले लगाएको कपडामा सल्किएको र उनको कम्मर भन्दा मुनिको भाग पुरै जलेर घाइते भएको मकवापनुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गम्भिर आईते भएका भोलनलाई हेटौँडा अस्पताल ल्याईएको र यहाँ उपचार संभव नभएपछि काठमाडौंस्थित किर्तिपुर अस्पतालमा रिफर भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्