
काठमाडौं /फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले बिहिबार (आज) लाओसको सामना गर्दैछ ।
डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।
इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका थिए । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड टिमका फरवार्ड सञ्जिव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ । फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम–एण्ड–अवे खेल्नेछन् ।
त्यसमध्येका दश विजेताले छनोटको दोस्रो चरणमा पुग्ने छन्। दोस्रो चरणको छनोट समूह चरणको ढाँचामा हुनेछ ।
नेपाली फुटबल टोली

गोलकिपर– किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ
मिडफिल्डर– एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी
फरवार्ड – अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

प्रतिक्रिया दिनुहोस्