
हेटौंडा/मेरो मार्टले विशेष अफर सञ्चालनमा ल्याएको छ । हेटौंडा २ संगमचोकमा रहेको मेरो मार्टले ग्राहक वर्गलाई मध्यनजर गरी विजया दशमी, शुभ दीपावली, छठ पर्वको अवसरमा बम्पर उपहारहरु सञ्चालनमा ल्याएको छ ।
ग्राहकवर्गलाई लक्षित गरी ल्याएको चाडपर्व विशेष अफर यही असोज १८ गतेबाट सुरु भई कार्तिक २९ गतेसम्म सञ्चालन मार्टका सञ्चालक बजगाईले जानकारी दिए । ‘चाडपर्व लक्षित अफर अन्तर्गत मेरो मार्टबाट सबैभन्दा बढी सामान खरिद गर्नेलाई कुपन अफरको व्यवस्था गरेका छौँ ।’

सञ्चालक बजगाईलेभने –‘चाडपर्वमा धेरै कारोबार गर्ने ग्राहकलाई नगद ५ हजार रुपैयाँ, नगद ३ हजार रुपैयाँ, नगद २ हजार रुपैयाँ र ४ जना ग्राहकलाई १ हजार बराबरको खरिद कुपन प्रदान गर्ने छौँ ।’
एउटै छानामुनी खाद्यान्नको सबै सामग्रीहरु सुपथ मूल्यमा मेरो मार्टले विक्री गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्