स्व.कृष्णप्रसाद दाहाल स्मृति प्रतियोगिताको उपाधिका लागि चन्द्रोदय र निर्मल भिड्ने

नेपाल कलम
नेपाल कलम २६ आश्विन २०८० शुक्रबार २०:३७
1 Min Read
Aa

हेटौंडा/हेटौँडामा जारी स्व.कृष्णप्रसाद दाहाल स्मृति अण्डर १६ विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि निर्मल माध्यामिक विद्यालय र चन्द्रोदय मावि भिड्ने भएका छन् । शुक्रबार गौरीटार रंगशालामा भएको सेमिफाइल खेलमा निर्मल मावि बस्तीपुरले गोरक्षेश्वर मावि हेटौँडा १८ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

यस्तै चन्द्रोदय मावि हेटौँडा ८ र जनजागृति मावि हेटौँडा १५ बिच भएको खेल ट्राइब्रेकरबाट टुङ्गो लागेको हो । प्रतिस्पर्धा पूर्ण खेलमा दुवै टिमले खेलको निर्धारित समयमा बराबरी १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा चन्द्रोदय माविले ४ र जनजागृति माविले २ गोल गरेको थियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको प्रतियोगितामा लागि यस वर्षबाट अष्ट्रेलियमा बस्दै आएका हेटौँडा २ निवासी रोशनप्रसाद दाहालले प्रतियोगिताको प्रायोजन गरेका थिए । फुटबल सङ्घको तर्फबाट जिल्ला अध्यक्ष टीकाराम लामा र दाहालबिच पाँचका लागि प्रायोजन गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । प्रायोजनवापत दाहालले प्रत्येक वर्ष एक लाख रुपियाँ दिने र सो रकममा प्रत्येक दुई वर्र्षमा २० प्रतिशतका दरले वृद्धि हुने सहमति भएको छ ।

प्रतियोगिताको उपाधिका लागि शनिबार फाइनल खेल हुनेभएको छ । विजेताले ५० हजार, उपविजेताले २५ हजार शिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने छन् । फुटबल प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्