सुशील थापा र सुशील तिमल्सिनाको जोडीलाई ब्याडमिन्टनको उपाधि

नेपाल कलम
नेपाल कलम २९ आश्विन २०८० सोमबार १५:३५
1 Min Read
Aa

हेटौँडा/हेटौंडा ६ मा सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुशील थापा र सुशील तिमल्सिनाको जोडीले जित्न सफल भएको छ । सोमबार भएको फाइनल खेलमा प्रवीण गौतम र श्रीराम पुडासैनीको जोडीलाई पराजित गर्दै थापा र तिमल्सिनाको जोडीले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि बिजेता एवम् उपबिजेताहरुले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेको छ । प्रमोद राई र अमित जिसीको टिमले तेश्रो स्थान हात पार्न सफल भएको छ । शुभबिजया दशमी, दिपावली एवम् छठ पर्वको अवसरमा रोहिनी स्वस्तिक बाल उद्यान संस्थाको आयोजनामा भएको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्