
हेटौंडा /चैनपुर जेसीज प्रस्तावितले मनहरी गाउँपालिका ५ मा रहेको सूर्यकिरण युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । जेसीज सप्ताह अन्तर्गत क्लवलाई फुटबल, भलिबल लगायतका खेल सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रम संयोजक नवराज रिजालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा अध्यक्ष अधिकारीले आफ्नो वडामा आएर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे । उनले खेलकुद सहित वडाको सर्वाङ्गीण विकासमा आफूहरु लागिपरेको बताए । सूर्यकिरण युवा क्लवका अध्यक्ष बीरबहादुर मिजारले जेसीजको सहयोगले खेलकुदको गतिविधिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको लागि अनुरोध गरे ।

कार्यक्रममा ५ नम्बर वडा सचिव विदुर पाठक, २ नम्बर वडा सचिव साजन लामा, सहमूल कार्यक्रम संयोजक मिलन ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो । चैनपुर जेसीजले विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह सञ्चालन गरिरहेको छ । बुधबार जेसीज कप फुटबल प्रतियोगितासँगै जेसीज सप्ताहको समेत समापन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्