
हेटौंडा/मकवानपुरको बकैया गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता ‘बकैया रन’ हुने भएको छ ।
बकैया एथलेटिक्स संघले नेपालीहरुको महान पर्व दसैँको अवसरमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । संघका अध्यक्ष राजकुमार तिमल्सिनाका अनुसार प्रतियोगिता यहि कात्तिक ३ गते बकैया-३ को हात्तीसुँडेमा हुन लागेको हो ।

गाउँपालिका स्तरीय ५ किमि दौड प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडीहरुले मात्र सहभागि हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने खेलाडीले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता बकैया खेलकुद विकास समितिको समन्वयमा हुन लागेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्