
हेटौंडा/तास खेलिरहेको अवस्थामा मकवानपुर प्रहरीले हेटौँडाबाट ९ जनालाई पक्राउ गरेको छ । उनिहरुको साथबाट नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैँया बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले हेटौँडा–७ स्थित देवि बन टोलमा रहेको गोकुलनाथ पौडेलको घरमा हार जित हुनेगरि तास खेल्ने समूह रहेको भन्दे सूचनाको आधारमा नगद सहित ९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिनेहरुमा हेटौंडा-८ बस्ने अजय खड्का, रोहित कुमार के.बी., भरत तितुङ,मंदिप पौडेल , हेटौंडा-७ बस्ने रुपक चौलागाई, बिरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सबिन चौलागाई र हेटौंडा-१५ बस्ने ओम घलान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्