नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटायो

नेपाल कलम
नेपाल कलम १४ कार्तिक २०८० मंगलवार २०:३८
1 Min Read
Aa

हेटौंडा/नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत क़ायम गरेको छ ।

निगमले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँले घटाइएको जनाएको छ। अब पहिलो वर्गको डिजेल/मट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ कायम गरिएको छ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको एक रुपैयाँ ५१ पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ। यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रुपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ। भाउ बढेपनि निगमले खाना पकाउन ग्यास र पेट्रोलमा भने मूल्य बढाएको छैन्।

प्रतिक्रिया दिनुहोस्