बागमती गाउँपालिका–५ मा १५ शैयाको अस्पताल शिलान्यास

नेपाल कलम
नेपाल कलम १५ कार्तिक २०८० बुधबार १५:४९
1 Min Read
Aa

हेटौंडा/बागमती गाउँपालिका वडा नम्वर–५ मा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । बुधवार एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले अस्पतालको शिलान्यास गरेका हुन् ।
अस्पतालको शिलान्यास गर्दै सांसद पुलामीले निर्माण कम्पनीलाई समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे । उनले मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा अस्पताल निर्माण भइसकेपछि बिरामीहरु टाँढा टाढाँ सेवा लिन जानुपर्ने समस्या हट्ने समेत बताए ।
हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार बागमती गाउँपालिकामा अस्पतालको शिलान्यास गरिएको हो । एक बिघा क्षेत्रफलमा १७ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान , बागमती गाउँपािलका – २ का वडा अध्यक्ष जनक पहरी , वडा नम्वर–४ अध्यक्ष दन्तलाल माझी , वडा नंम्वर–५ का अध्यक्ष बिजय भ्लोन , वडा–७ का अध्यक्ष उत्तर भ्लोन , गाउँपालिकाका कार्यकारी प्रमुख झम्क नारायण घलानलगायतको आतिथ्यता रहेको थियो ।
एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो गाउँपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्डेन्ट,मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित सरकारी दरबन्दी हुने गाउँपालिका अध्यक्ष सर्केश घलानलले बताए ।

प्रतिक्रिया दिनुहोस्