हेटौँडामा नक्कली पेस्तोल देखाई धम्क्याउने साजन स्याङतान पक्राउ

नेपाल कलम
नेपाल कलम १७ कार्तिक २०८० शुक्रबार १८:२७
1 Min Read
Aa

हेटौंडा/हेटौँडामा नक्कली पेस्तोल देखाई मानिस धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मकवानपुरको हेटौडा–१५ शिखरपानीमा स्थानीय १९ बर्षीय साजन स्याङतानलाई नक्कली पेस्तोल सहित बिहिबार नियन्त्रणमा लिएको हो ।

निजले सोही स्थानका मानिसहरुलाई पलास्टिकको नक्कली पेस्तोल देखाई धम्काउने र दुख दिने गरेको भन्ने सूचनाका आधारमा नक्कली पेस्तोल सहित नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताएका छन् ।पक्राउ परेका स्थाङतान माथि आवश्यक अनुसन्धानका लागि अदालतबाट ७ म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्