
हेटौंडा/हेटौंडा लेडी जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार हेटौंडा-४ स्थित सितलमहल चोकमा स्लो स्कुटी रेस भएको कार्यक्रमका संयोजक उपाध्यक्ष जेसि पुजा बस्नेत लामाले बताइन् ।
लेडी जेसीज अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता बाग्मती प्रदेश प्रहरी कार्यलय प्रहरी नायब उपरीक्षक मधुकुमार थापा प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रतियोगितामा सहाभागी मध्य प्रथम बबि थापा ,दोस्रो सोबिता केसि र तेस्रो शृजना लामिछाने भएका छ्न ।

सप्ताह ब्यापी कार्यक्रमको सहमुल कार्यक्रम संयोजक वर्ष २०२३ को उपाध्यक्ष जेसि नम्रता श्रेष्ठ र मुल कार्यक्रम संयोजक वर्ष २०२३ को कार्यकारिणी उपाध्यक्ष जेसि अस्मिता न्यौपाने रहेका छन् ।
तेस्तै छैठो कार्यक्रम शैक्षिक सामाग्री(बिद्यालय पोशाक )४० जना बिध्यार्थिलाई हस्तान्तरण कार्यक्रम मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा न १ स्थित श्री प्राथमिक बिधालय चकरीमा सम्पन्न भएको कार्यक्रम संयोजक बर्ष २०२३ को उपाध्यक्ष जेसि कुशु पन्डित बताइन् । जेसिआई हेटौडा लेडि बर्ष २०२३ को शाखा अध्यक्ष जेसि डिलमाया घर्ती सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मनहरी १ का वडा अध्यक्ष शिवप्रसाद खनालको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा मातृ शाखा वर्ष २०२३ को कार्यकारिणी उपाध्यक्ष जेसि विकेसलाल श्रेष्ठ, चकरी प्रा वि का ब्यवस्थापन अध्यक्ष कृष्ण लटौला ,विध्यालयको प्रधानध्यापक गान्धिरा चौलागाई ,जेसिआई हेटौडा लेडिको पुर्व अध्यक्ष तथा प्रमुख बोर्ड सल्लाहाकार जेसि शुशिला पौडेलको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया दिनुहोस्