
हेटौंडा/ हेटौंडा लेडि जेसिजको सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको छ।कार्तिक १५ गतेबाट विविध कार्यक्रम सहित सरु भएको जेसिज सप्ताह शनिबार सम्पन्न भएको हो ।
हेटौंडा लेडि जेसिज वर्ष–२०२३का अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षमा सम्पन्न भएको जेसिज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा वाग्मती प्रदेश पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा लेडि जेसिजले जेसिज–२०२३ सप्ताह अन्तर्गत ८ वटा कार्यक्रममा सहभागी तथा विजेता बनेकालाई प्रमुख अतिथी पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

इन्दिरा बानियाको संयोजकत्वमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ ,बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु , १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान,८ नम्बर वडा अध्यक्ष राम थापा,४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल , जेसिज सप्ताह मुल संयोजक अस्मिता न्यौपाने , हेटौंडा जेसिज अध्यक्ष श्रवणकुमार बर्तौला, लेडि जेसिज पुर्व अध्यक्ष शुसिला पौडेल,विभिन्न शाखाका जेसिज प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्