
हेटौँडा/ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
प्रदेश प्रमुख शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित पक्षलाई अपिल गरेको गरेका हुन् । साथै, उनले यस्ता प्रकोपपछि उत्पन्न हुनसक्ने माहामारीप्रति सजग, सचेत र उद्धारको तयारीका लागि सबैसँग प्रमुख शर्माको आग्रह छ ।

प्रदेश प्रमुख शर्माले गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रमुख शर्माले यस घटनाले पु¥याएको अपूरणीय क्षतिका कारण सिङ्गो देश नै स्तब्ध भएको भन्दै यस घटनाले आफू अत्यन्त मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरेको छ । ‘‘भूकम्पबाट पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिको खबरले मलाई अत्यन्त मर्माहत तुल्याएको छ ।,’’ शर्माले भने , ‘‘विशेषगरी पश्चिम नेपालको दुई पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा यस घटनाले पु¥याएको अपूरणीय क्षतिका कारण सिङ्गो देश स्तब्ध भएको छ ।’’

प्रतिक्रिया दिनुहोस्