
हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार दिउँसो गोबर ग्याँसको ट्याङ्कीमा बसेर चुरोट सल्काउन खोज्दा एक्कासी आगलागी हुँदा एक युवक घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–६, हात्तिलेट बस्ने २६ वर्षीय समित राई रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो १ बजेर ५ मिनेटको समयमा राई छिमेकीको गोबर ग्याँसको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र पसेका थिए । सो क्रममा उनले गोबर ग्याँस भित्रै बसेर आफै चुरोट सल्काउन खोज्दा अचानक शरिरमा आगोलागी हुँदा शरिरको विभिन्न भाग जलेर घाइते भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंस्थित वीर अस्पतालमा रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्