हेटौंडाका किसानले लगाएको सयपत्री फूलले तिहारलाई स्वागत गर्दै

नेपाल कलम
नेपाल कलम २० कार्तिक २०८० सोमबार १०:५४
2 Min Read
Aa

हेटौंडा/हेटौंडा किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार लैजान तयार भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय व्यवसायिक बालकृष्ण चौलागाईंले बताए । उनले बिगत ६/७ बर्ष देखी यो  व्यवसायिलाई  निरन्तरता दिरेहेका छन ।

सयपत्री फूल फूलेपछि वरिपरिको सौन्दर्यसमेत बढेको छ । पछिल्ला केही वर्षयता मकवानपुरमा व्यवसायिक फूलखेती हुनेक्रम बढ्दै गएको छ । छाटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको उनको दाबी  छ ।

चौलागाईंले एसपाली उनले २० हजार माला बजार लाने तयारी समेत गरेका छन् ।उनले बिरुवा पनि बेच्नेहुनाले तेहि बिरुवाका फुलहरुको बेवस्थापन समेत आफैले गर्ने बताए।

चौलागाईंको आफ्नो ६/७ जनाको घर परिवार येसै व्यवसायले धानेको पनि बताए। उनले तिहारको बेला मात्रै नभैइ ३६५ दिन नै फुल बेच्न लागि परेको जानकारी दिए। अहिले खादाको बैकल्पिक रूपमा मालाको प्रयोग बढदै छन तेसैले पनि आफुले बर्षभरिनै फुल फुलाउन पर्ने उनको  उदेश्य छ ।

मकवानपुरका किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार लैजान तयार भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ , १२, १३, १४ लगायतका ठाउँहरुका २० बिगाहा जमिनमा फूलखेती भइरहेको छ ।

सयपत्री फूलको सुगन्धले चाडपर्वको माहोललाई थप उल्लासमय बनाएको छ । बाह्रै महिना फूल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ ।

पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटिकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।

मकवानपुरमा ढकमक्क फूलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको मकवानपुरमा व्यवसायीक खेती हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्