हेटौंडामा मन्त्री दुलालका अंगरक्षक सुवेदी पीएसाे गरे आत्महत्या

नेपाल कलम
नेपाल कलम २१ कार्तिक २०८० मंगलवार १४:५०
1 Min Read
Aa

हेटौंडा/बागमती प्रदेशका भाैतिक याेजना तथा पूर्वाधारमन्त्री युवराज दुलालका अंगरक्षक प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीले आत्महत्या गरेका छन् ।

हेटाैँडा उपमहानगरपालिका-११, वनदेवी मन्दिर नजिकको जंगलमा मन्त्री दुलालका अंगरक्षक सुवेदी मृत भेटिएका हुन् । रूखमा कालाे पेटीकाे पासाे लगाएर मनहरी गाउँपालिका- ७, बिजाैनाका सुवेदीले आत्महत्या गरेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

रुखमा झुन्डिरहेको अवस्थामा सुवेदीलाई देखेपछि स्थानीयले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । उनकाे मृत्युकाे कारण खुलिनसकेकाे मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि हेटाैँडा अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्