
हेटौंडा/ अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारण सभा हेटौंडामा हुने भएको छ । साधारण सभा भोलि कात्तिक २३ गते बिहीबार हेटौंडा हुने भएको हो ।
साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि पनि छलफल र मतदान हुने एन्फा केन्द्रिय समिति सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए । उनका अनुसार, साधारण सभाअघि हेटौंडामै एन्फाको केन्द्रिय समितिको बैठक समेत हुनेछ ।

साधारण सभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिलगायत देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्