बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

नेपाल कलम
नेपाल कलम २३ कार्तिक २०८० बिहीबार १६:४२
1 Min Read
Aa

हेटौंडा/बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले बिहीबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश संचारमाध्यक व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश सभाबाट पारित भई आएको ती दुबै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्