टिभिएसका १६० फोर भि र १२५ सिसि ड्रम स्कुटरका दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

नेपाल कलम
नेपाल कलम २५ कार्तिक २०८० शनिबार ०८:३४
2 Min Read
Aa

हेटौंडा/टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले शुक्रबार उक्त मोडलहरु सार्वजनिक गरेको हो ।

टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले टिभिएसको आरटिआर १६० फोर भि स्पेशल एडिसन मोटरसाईकल र एनटर्क १२५ सिसि ड्रम स्कुटर रातो रङमा सार्वजनिक गरेसंगै उक्त मोटरसाईकल र स्कुटर हेटौंडमा सार्वजनिक गरिएको हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए ।

कम्पनीले अपाचे आरटिआर १६० फोर भिको आरटि एफआई भर्सनको तुलनामा २२ हजार रुपैयाँ कम गरेर नयाँ भर्सन सार्वजनिक गरेको हो ।हाल नेपालमा बिक्री भइरहेको अपाचे आरटिआर १६० फोर भिको टप भेरियन्ट भन्दा सस्तो मूल्यमा यसको स्पेशल एडिसन सार्वजनिक भएको हो ।

कम्पनीले बिक्री गर्दै आएको १६० फोर भिको आरटिएफआई मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ भने नयाँ सार्वजनिक भएको अपाचे आरटिआर १६० फोर भिको स्पेशल एडिसनको मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ ।

आरटिआर १६० फोर भिको स्पेशल एडिसन विभिन्न सेग्मेन्ट फ्रष्ट फिचर रहेको छ । यो सेग्मेन्टमा नै पहिलो पटक तीन राइडिङ मोड तथा एड्जष्टेवल ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पाउन सकिन्छ । बाटो र मौसम अनुसार अर्बन, स्पोर्ट र रेन मोड ड्राइभिङ मोडमा चलाउन सकिन्छ । अपाचे आरटिआर १६० फोर भि आफ्नो सेग्मेन्टको सर्वाधिक पावरफुल मोटरसाइकल हो । यसमा १५९ सिसि, सिगंल सिलिन्डर, आयल कुल्ड आरटि एफआई इन्जिन छ ।
त्यस्तै राम्रो माइलेज दिने एनटर्क १२५ सिसि ड्रम स्कुटरमा स्मार्ट कनेक्ट र ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ ।
टिभिएस एनटर्क ड्रममा ९.४ पिएस पावर सहितको १२५ सिसि इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । ‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटि पनि रहेको कम्पनीले जनाएकोछ ।
यसमा १२ इन्चका ठुलो टायरहरूका साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कुटरलाई फरक बनाउनुका साथै भिजिबिलिटि बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित वाइड प्रोत्साहन गर्छ । टिभिएस एनटर्क ड्रम रेड सकुटरको मूल्य २ लाख ३५ हजार ९०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्