नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखी सुरु

नेपाल कलम
नेपाल कलम २५ कार्तिक २०८० शनिबार ०८:४१
0 Min Read
Aa

हेटौंडा/नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ भने आजै शनिबार बेलुकी यमदीप दान गरिन्छ ।यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्