रेडरोज बोडिङको तिहार विशेष कार्यक्रम

नेपाल कलम
नेपाल कलम २५ कार्तिक २०८० शनिबार ०८:४७
1 Min Read
Aa

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको रेडरोज इङ्गलिस बोडिङ स्कुलको आयोजनामा तिहार विशेषका अवसरमा आज सांस्कृतिक कार्यक्रम गरिएको छ ।

देउसी, भैलो, नाचगान, शुभकामना आदान प्रदान गर्दै कार्यक्रम गरिएको हो । बिद्यालयले नेपाली संस्कृतिको जगेर्ना गर्ने, बालबालिकालाई संस्कृतिको बारेमा जानकारी गराउने उदेस्यले कार्यक्रम गरिएको हो ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष मदन कुमार दाहालको अध्यक्षता तथा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा रेडक्रस उपसाखा हटियाका सभापति राजकुमार वास्तोला, बिद्यालयका प्रिन्सीपल सरिता भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्