मनहरीमा कृषि, पर्यटन र खेलकुदलाई जोड्न नरिवल खेती

नेपाल कलम
नेपाल कलम ३० कार्तिक २०८० बिहीबार १४:२७
1 Min Read
Aa

हेटौंडा/लोपोन्मुख र सिमान्तकृत जाति वनकरियाको बासस्थान रहेको एक मात्र वडा हो, मनहरी गाउँपालिका वडा नम्बर ४ ।
वडा कार्यालयले वनकरिया वस्ती नजिकै रहेको नदी उकास जग्गामा नरिवल खेती गरेको छ । नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा फुटबल मैदान निर्माण गरिएको छ भने सो संगै १२०० थान नरिवलको बिरुवा रोपिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको करिब ११ लाख रुपैयाँ बजेटबाट नरिवलको बिरुवा रोपिएको हो । करिव ४ विघाको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको थापाले बताए ।

नरिवलले नदी उकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र सो क्षेत्रको आयआर्जनमा सहयोग पुग्ने वडाध्यक्ष प्रकाश थापाको भनाई छ ।

जिल्लामै पहिलोपटक सुरु गरिएको नरिवल खेतीलाई निरन्तरता दिने गाउँपालिकाको नीति रहेको छ । सोहीअनुसार नरिवल रोप्नका लागि बजेट विनियोजन भइ कार्यान्वयनको चरणमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्