आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाउदै

नेपाल कलम
नेपाल कलम ३ मंसिर २०८० आईतवार ०७:५३
1 Min Read
Aa

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको राप्तीतट आज निकै भकिझकाउ बनाइएको छ । आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाउने दिनमा यसको भब्य तयारी गरिएको छ । छठका लागि सबैजसो तयारी पुरा भएको यसको मुल समारोह समितिले जनाएको छ । हेटौंडाको रापतीतटमा तराइ र पहाडका वासिन्दाहरु एक आपसमा मिलेर छठ पर्ब मनाउँदै आएका छन् ।

छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्