चौघडामा ट्रकको ठक्करबाट बजगाईंको मृत्यु

नेपाल कलम
नेपाल कलम ३ मंसिर २०८० आईतवार १९:१०
1 Min Read
Aa

हेटौंडा/कान्ति लोकपथअन्तर्गत् चुच्चेखोलाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय निरा बजगाईंको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको विरोधमा अहिले स्थानीयले कान्ति लोकपथ सडक अवरुद्ध बनाएका छन् । स्थानीयले घटनाको छानविनको माग राख्दै मृतक महिलाको शब उठाउन दिएका छैनन् ।

घटनास्थलमा करिब एक सयजना प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्